मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारबाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रालिले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जनाएको छ ।

आगामी साउन २५  का दिन आयोजना हुने ‘मिस टुरिजम–२०१९’ का लागि असार ६ गते शुक्रवारवाट देशभर आवेदन खुल्ला गरिएको हो । १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आगामी असार २० गतेसम्म आवेदन दिन पाउने प्रबन्ध निर्देशक काफ्लेले बताए । आवेदन दिने मिति सकिएपश्चात काठमाडौंका साथै पर्यटकियस्थलहरु पोखरा र चितवनमा समेत अडिसन लिइनेछ ।

प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले ‘मिस टुरिजम–२०१९’ को आयोजना गरिएको प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए ।

कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ भन्ने विश्वास आयोजकको छ ।

मिस टुरिजम–२०१९ लाई नगद पचास हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–२०१९ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१९ लाई नगद २० हजार रुपैयाँ प्रदान गरिनुका साथै विभिन्न ब्राण्डका एम्बेसडर बन्ने अवसर दिइने प्रबन्ध निर्देशक काफ्लेले वताए ।