मिस टुरीज्म २०१९ को ताज भर्खरै शिरमा पहिरिएका सुन्दरीहरु यतिबेला भ्रमण बर्ष २०२० को लागि योजना बनाईरहेका छन् । प्वईन्ट मिडियाले बिगत ४ बर्ष देखि गर्दै आएको मिस टुरीज्म चौथो संस्करणमा आर्जु पोख्रेलले मिस टुरीज्म २०१९ को ताज पहिरिन सफल भईन भने युसीका तुलाधर फस्टरनअरअप, र सबिता न्यौपाने सेकेन्ड रनअरअप भईन ।

तिनैजना अब नेपालको पर्यटन क्षेत्रको बारेमा सोचमग्न छन् । नेपालमा भ्रमण बर्ष २०२० मनाउन लागिएको बेला नेपालमा आवश्य पुर्वाधारहरुलाई छिटो भन्दा छिटो सुधार्नुपर्ने तर्क यि सुन्दरीहरुको रहेको छ । यिनै पर्यटन सुन्दरीहरुसंग गरीएको रमाईलो कुराकानी भिडियो ।