सञ्चारकर्मी मनोज पन्तको उद्धघोषणसंग सम्बन्धित पुस्तक बोल मनको कुरा खोल पुस्तक शनिवार सार्वजनिक भएको छ ।

कार्यक्रमा प्रमुख अतिथी पुर्व मन्त्रि तथा समाजसेवी बिक्रम पाण्डेले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभएको छ ।

चितवन स्थित कालिका एफ।एमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उद्घोषण सँग सम्बिन्धित “ बोल मनको कुरा खोल ” नामक पुस्तकले बोल्ने कलाको ज्ञान दिने बताइएको छ ।

लेखक मनोज पन्तले युवा विद्यार्थीहरुलाई पुस्तक प्रेरणादायी हुने विश्वास ब्यक्त गर्नुभयो ।

संञ्चारकर्मी मनोज पन्तले लामे समय राजधानी काठमांडौमा रहेर संञ्चार क्षेत्रमा काम गर्नुु भएको थियो ।