बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको बिन्ध्यबासिनी सम्मान एवम सङ्गीत साँझ( २०७६ तथा दशौं बिन्ध्यबासिनी म्युजिक अवार्ड(२०७६ मा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरिएको छ ।

शनिवार फाउण्डेसनका आजीवन सदस्य तथा हालसम्म सम्मानित श्रस्टा, कलाकार र पत्रकारहरुको राय, सुझावमाथि छलफल गर्दै सल्लाहकार समितिको सिफारिसलाई कार्यसमितीको बहुमतले पारित गरेको फाउण्डेसनले जनाएको छ ।

जस अन्तर्गत बिन्ध्यबासिनी लाईफ टाईम एचिभ्मेन्ट अवार्ड २०७६ लोक गायक कुमार बस्नेतलाई प्रदान गरिने भएको छ। नगद एक लाख रुपैयाँ राशीसहित उक्त सम्मान गायक बस्नेतलाई प्रधान गरिने छ ।

त्यसैगरी बिन्ध्यबासिनी सङ्गीत साधना सम्मान २०७६ गायक दीपक खरेललाई प्रदान गरिने छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ।

बिन्ध्यबासिनी सङ्गीत रत्न सम्मान २०७६ संगीतकार हरि लम्साललाई प्रदान गरिने भएको छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ।

बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७६ बाट भने पत्रकार राजेश खनाललाई सम्मान गरिने छ । उक्त सम्मानमा नगद २५ हजार रुपैयाँ राशी पनि रहने छ।

बिन्ध्यबासिनी गीत सङ्गीत पत्रकारिता सम्मान २०७६ पोखरामा कार्यरत सञ्चारकमीृ दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ । उक्त सम्मानको राशी नगद १५ हजार रुपैयाँ छ ।

आगामी कात्तिक तथा मंसिरमा आयोजना हुने दुई भिन्न कार्यक्रममार्फत यी सम्मान तथा पुरस्कारहरु अर्पण गरिने फाउण्डेसनकी अध्यक्ष लिना रेग्मीले जनाएकी छिन् ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.