प्रदेश सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत प्रदान गर्ने

बारा र पर्सा लगाएतका जिल्लामा आइतबार साँझ बिपद्को भूमरी मडारिएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले क्षणभरमै बस्तीहरु तहसनहस बनाइदिएको छ भने धेरैको ज्यान लिएको छ ।

उक्त बिपद्का कारण बारा र पर्सामा ज्यान गुमाउनेको संख्या  करीब ५०  पुगेको छ । ५ सय भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

गएराति बारामा आएको हावाहुरीले बिचल्ली बनाएकाहरुको सोमबार बिहानैदेखि उद्धार सुरु गरिएको छ । बाराका प्रहरी उपरीक्षक ९एसपी० सानुराम भट्टराईका अनुसार उद्दारका लागि हेटौंडा वीरगञ्जबाट थप प्रहरी झिकाइएको छ । उनका अनुसार बाराको तत्कालीन गाविस पुरहनिया( ३ र ६ नम्बर वडामा बढी क्षति पुगेको छ । उनले गएरातिदेखि नै उद्धार गरिएको भएपनि बिहानदेखि थप सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त बिपद् पछी घाइतेको चापले कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा उपाचारको लागि ठाँउ समेत अभाव भएको छ । अस्पतालमा चार सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।

आइतबारको बिपद्लाई लिएर गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

हावाहुरी प्रभावित क्षेत्रमा पुगेको क्षति, उद्धार तथा राहत कार्यबारे कुरा गर्दै उनले अवस्था सरकारको नियन्त्रणमा रहेको बताए । ‘अहिले तीनवटै तहका सरकार आ–आफ्नो ढंगले परिचालित छन् । स्थानीय तहमा गाउँपालिका तथा नगरपालिका अध्यक्ष, प्रदेश तहमा मुख्यमन्त्रीको संयोजकत्वमा र केन्द्रमा गृहमन्त्रालयको संयोजकत्वमा समितिहरु छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति छ ।