फिल्म ‘सूर्य किरण’ अगामी शुक्रबार अर्थात मंसीर २७ बाट प्रदर्शनमा आउंदै छ ।

फिल्म अमिर दोङले निर्देशन गरेका हुन् । पन्ध्रबटा तामाङ फिल्म निर्देशन गरीसकेका निर्देशक अमिर दोङले नेपाली चलचित्र सुर्यकिरण निर्देशन गरेका हुन । समसामयीक बिषयमानै फिल्म बनेकोले दर्शकले फिल्म मन पराउनेमा निर्देशक विश्वस्त छन् ।
सविन श्रेष्ठ, मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको फिल्ममा अभिनेत्री केकी अधिकारी भूमिकामा छिन् ।
तामाङ फिल्मका केही चलेका कलाकारको समेत अभिनय रहेको फिल्म तामाङ सुपरस्टार डम्फु मिडिया प्रा।लिको ब्यानरमा अमृत चेपाङले निर्माण गरेका हुन् । विशाल काल्ताङ, जोगलाल लामाको संगीत तथा दीपक तामाङ, अजय स्याङतानको नृत्य तथा राजु दोङ तामाङको द्धन्द्ध रहेको फिल्ममा अभिषेक माझी र विक्रम मोक्तानको छायाँकन रहेको छ .