शारदा थापा /

फिल्म रिपोर्टीड डर लाग्दो छ ,आजीवन टाउकोमा कलंक लाग्यो उदाहरण म आफै छु प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले चलचित्रपत्रकारहरुका अगाडि भने । शुक्रबार प्रेस काउन्सीलले नै आफ्नै कार्यलयमा आयोजना गरेको चलचित्र पत्रकारीताको अवस्था र पत्रकार आचारसंहिता अन्तरक्रिया कार्यक्रममा काउन्सीलका अध्यक्ष श्रेष्ठले आफ्नै उदाहरण दिइरहंदा चलचित्रपत्रकारहरुले बर्तमान चलचित्रपत्रकारीताको बिकृत अवस्थाको बारेमा अनुभव साटे ।

चलचित्रपत्रकारीताको ईतिहासमा पहिलोपल्ट प्रेसकाउन्सीलले चलचित्रपत्रकारहरुसंग शुक्रबार साक्षात्कार गरेको हो । कार्यक्रममा काउन्सील कार्यबाहक अध्यक्ष श्रेष्ठले चलचित्रपत्रकार संघ नेपाललाई चलचित्रपत्रकारीताको
आचारसंहिताको फ्रेम बनाउन सुझाए । प्रेस काउन्सीलले प्रदान गर्ने राष्टिय पुरस्कारमा चलचित्रपत्रकारीतालाई अहिलेसम्म नसमेटीएकोमा क्षमा माग्दै अध्यक्ष श्रेष्ठले अब देखि चलचित्रपत्रकारलाई राष्टिय पुरस्कार प्रदान गर्ने प्रतिबद्धता गरे ।

चलचित्रपत्रकारीता गर्दा आफै भीक्टीम भएकोले आफु प्रेस काउन्सीलमा हुदापनि चलचित्रपत्रकारीता क्षेत्र ओझेलमा परेको भन्दै अब देखि चलचित्रपत्रकारीतालाई प्रेसकाउन्सीलले सहयोगर्ने प्रतिबद्धता श्रेष्ठको थियो ।

अध्यक्ष श्रेष्ठ नायिका श्रृषा कार्की मृत्युप्रकरणमा मुछीएका थिए । अन्तरक्रियामा हाल सबै बीटको पत्रकारीता बिशेषगरी अनलाईनपत्रकारीतामा अत्याधिक बिकृती आएको र के गर्ने के नगर्ने भन्ने दोधारमा आफुहरु रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो । अब देखि पत्रकारलाई जेल नहाल्ने बरु लाईसेन्स खारेज गर्ने श्रेष्ठले बताए । उनले आफैपनि पत्रकार भएकोले पत्रकारको पेटमा लात हान्न मन नलाग्ने बताउंदै यदि परिचित पत्रकारले फेसबुक या सामाजीक संञ्जालका कुनै ठाउमा बिना प्रमाण कुनै बिषयमा लेख्दा पक्राउ पुर्जी दिने समेत बताए । हाल विवादमा रहेको मिडिया बिधेयक पनि नआउने उनले जानकारी गराए ।


कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भटराईले हिरो हिरोईनले कति ईन्चका कपडा लाउंछन ,कुन ट्वईलेट जान्छन् भन्ने पत्रकारीताको अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा चलचित्र क्षेत्रमा सक्रिय भएर पत्रकारीता गरीरहेका चलचित्र पत्रकारहरुले हाल आएको अनलाईन युट्युव पत्रकारीताको बेथीती र गलत समाचार समप्रेषणको बारेमा आफ्नो धारणा राखेका थिए ।

एका दुई बाहेक ठुला मिडिया हाउसले चलचित्र क्षेत्रको समाचारहरु सम्प्रेषणनै नगर्ने र स्थान नदिएकोले चलचित्रपत्रकारीतामा साना मिडियाहरुको दबदबा रहेको चलचित्रपत्रकारहरुको भनाई थियो । अनलाईन र युट्युव छिटो सबैको पहुचमा पुग्ने भएकाले सबै त्यसैकै पछि दौडदा बिशेषगरी भ्युज र भ्युवर्स बढाउने होडमा पत्रकारीतामा बेथीती आएको चलचित्रपत्रकारहरुको भनाई थियो ।

कार्यक्रममा साना मिडियाको दर्ताप्रकृयालाई सहज र ब्यवस्थीत बनाउन प्रेसकाउन्सीललाई चलचित्रपत्रकारहरुले आग्रह गरे । चलचित्रपत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटाले चलचित्र पत्रकारीताको अवस्था र पत्रकार आचारसंहिता अन्तरक्रिया कार्यक्रममा चलचित्रपकारहरुको माग सम्बोधन गरीदीन आग्रह गरे ।