‘प्रेमगीत ३’ फिल्ममा  मनिष राउतले डेब्यू गर्ने भएका छन् ।  । अस्कर कलेजमा अभिनय सिकेका मनिषसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभव छ । नेपाली फिल्ममा भने उनले पहिलो पटक काम गर्न लागेका हुन् ।

मनिष राउतको निर्माण टिमले क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ ।  पोस्टरमा उनी पुरानो जमानाको बन्दुकसहित देखिएका छन् । भने, अर्कोमा बन्चरोसहित देखिएका छन् ।  २ सय वर्ष पुरानो प्रेमकथामा फिल्म बन्न लागेको हो ।

निर्देशक छेतेन गुरुङ्ग र निर्माता समेत रहेका सन्तोष सेनले मिलेर निर्देशन गर्ने फिल्ममा अभिनेता प्रदीप खड्काले ‘प्रेम’ को भूमिका निभाउँदैछन् । ‘गीत’ अर्थात् लिड अभिनेत्रीका लागि भने अहिले अडिसन चलिरहेको छ । केही दिनमा ‘गीत’ क्यारेक्टरका लागि एक युवती छनोट गरिने निर्माता सेन बताउँछन् । नयाँ वर्षको मेसोमा चैत २८ गतेबाट यो फिल्म प्रदर्शनमा आउने निश्चित भइसकेको छ ।

छेतेन गुरुङ्ग र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । ‘प्रेमगीत’ को दुई सिरिजमा एकल निर्माताको रुपमा रहेका सन्तोषलाई यस फिल्ममा विजय चामलिङले लगानीमा सघाउनेछन् ।  दशैं सकिए लगत्तै फिल्मको छायांकन सुरु हुँदैछ । फिल्मको स्क्रिप्ट लक भइसकेको छ ।