आसुशेन फिल्मसको ब्यानरमा बन्ने प्रेमगीत ३ मा गीतको पात्रमा अभिनय गर्ने चाहना राखेर एक से एकका गीतहरु अडीसनमाआउंदा निर्माण पक्षलाई छान्न गार्हो परीरहेको छ ।
२७ सय १४ जना देश तथा बिदेशबाट गित पात्रको लागि अडिसनमा सहभागि भएका थिए । जसबाट २५ जना छानीए ।

तत्पश्चात अडिसन लीइरहेका निर्देशक छेतेन गुरुड ,निरज लामा सिनेम्याटोग्राफर राजेश श्रेष्ठ र निर्माता संतोष सेननै अलमलमा परे अब कसलाई २५ मध्ये गित बनाउने भनेर ,

निर्माता संतोष सेनले भने २५ जनानै एकसे एक छन् गार्हो भैरहेको छ गित छान्न्न अब केही दिनमा हामी एक जना गित छान्नेछौ ।
हिरो प्रदीप खड्कासंग सुहाउने एक जनालाई अडिसनबाट गितको लागि छानीने निर्माण पक्षले बताएको छ ।

प्रेमगीतमा नायिका पुजा शर्मा थीईन भने २ मा अश्लेशा ठकुरी रहेकी थिईन । प्रेमगीत ३ लाई भने छेतेन गुरुडले निर्देशन गर्दैछन् । २ सय बर्ष पुरानो प्रेम कथा प्रेमगित ३ मा रहने निर्माण पक्षले जनाएको छ ।

गितको अडिसन दिनेमा चल्तीका मोडल देखि फिल्मा अभिनय गरीसकेका कलाकारहरु समेत सहभागि छन्  ।

प्रेमगित ३ मा नया अनुहारको खोजी गरीएकोले अडीसन मार्फत कलाकार छान्न लागेको निर्माण पक्षको भनाई छ । प्रेमगीत ३ को लागि कलाकार छानीदै गर्दा प्रदर्शन मिति आगामी चैत्र २८ गते तोकीएको छ ।

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.