चलचित्र ‘पोइ पर्‍यो काले’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्र कात्तिक ८ गते प्रदर्शन मिति तय गरिएको छ । ‘पोइ पर्‍यो काले’ को लेखन तथा निर्देशन शिशिर राणाले गरेका हुन् । पोस्टरमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, नायिकाद्वय पूजा शर्मा र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पूजाले यो चलचित्रमा १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा चलेको थियो ।

फस्टलुकले चलचित्र विशुद्ध पारिवारिक कथामा बनेको संकेत दिन्छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दिपक मनांगे र सरोज नेपालीको लगानी छ । अमलादेवी राई कार्यकारी निर्माता रहेको चलचित्रलाई कमेडी जनरामा तयार पारिएको छ । चलचित्रमा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.