फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ १३ असारबाट प्रदर्शनमा आउने भएको छ ।

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमणको विषयबस्तुमा  फिल्म ‘कीर्तिपुरः  निर्माण भएको  छ । फिल्ममा अभिनय गरेका कलाकार यशराजगराचले पृथ्वीनारायण शाहको भुमिका गरेका छन् । पृथ्वीनारायण शाहको आवाज कस्तो थियो भनेर थाहा नहुदा आवाज निकाल्न गार्हो भएको यशराजले बताए ।

प्रदीप खड्गीको निर्देशन रहेको  फिल्म फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित फिल्म ‘कीर्तिपुर’मा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतको अभिनय रहेको छ ।

 

 

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.