बलीउड अभिनेत्री सन्नी लियोनीले नेपाली मिडियास“ग साक्षत्कार गर्दैछिन् । आज बिहिबार पासवर्ड नेपाली फिल्मको प्रीमियरको लागि दिउसो २ बजे त्रिभुवन बिमानस्थलमा सन्नी लियोनी अवतरण हुने जानकारी पासवर्ड टिमले गराएको छ ।

सांझ ६ ३० बजे कुमारी सिनेमा हलमा हुने नेपाली फिल्म पासवर्डको रेडकार्पेट प्रिमियरमा सन्नीले मिडियासग साक्षात्कार गर्ने बताईएको छ । पासवर्डको प्रीमियरमा सहभागि भएर शुक्रबार दिनभर काठमांडौका बिभिन्न स्थान घुमेर शनिबार मुम्बाई फर्कने कार्यक्रम रहेको बताईएको छ ।
पासवर्डको आईटम गित आजको साम बोलको गितमा पोर्नस्टारको रुपमा परिचित सन्नीको नृत्य रहेको छ सन्नीसंगै अनुपबिक्रम शाही ,बुद्दी बिक्रम फिचर्ड छन् । आजको साम बोलको गितको शब्द बिक्रम जोशीले लेखेका हुन भने अर्जुन पोख्रेलको संगितमा गायिका दुर्गा खरेलले गायकी छन् । गितको छांयाकन लन्डनमा भएको हो । सन्नी लि योनीले एउटा गितको लागि महंगो पारीश्रमीक लिएको चर्चा भएको थियो भने गितको अभिनय देखिनै नेपाली चलचित्रका देखिन पाउंदा खुशीलागेको भन्दै सन्नीले सामाजिक संञ्जाल मार्फत खुशी ब्यक्त गरेकी थिईन ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के।आर थापाको सह(लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् । एक्सनप्रधान सिनेमा भदौ २७  शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.