नेपालले भ्रमण बर्ष २०२० मनाउदैछ ,जसको लागि अन्तराष्टिय स्तरमा रहेका राजदुतावासहरुले समेत आफ्नो तयारी गर्न थालेका छन् । २० लाख पर्यटन भित्राउने नेपाल सरकारको लक्ष्य पुरा गर्ने तयारी सबैतर्फबाट गरीदैछ ।

यसैबीच युरोपीयन राष्ट जर्मनीको लागि नेपाली राजदुतावासले पनि आफ्नो तयारी गर्दैछ । जर्मनीको लागि नेपाली राजदुत रमेशप्रसाद खनालका अनुसार युरोप नेपालमा पर्यटन भित्राउनको लागि दोश्रो रहेको छ भने जर्मनीबाट मात्रै गएको बर्ष २०१८ झन्डै ४० हजार पर्यटक भित्रिएका थिए । यस बर्ष झनै बढ्ने उनको भनाई छ ।

जर्मनी र नेपालको ६० बर्षे द्धिपक्षीय सम्बन्ध रहचलिरहेको छ । युरोप नेपाल सिधा हवाई उडानको ब्यवस्था गर्न सकियो भने युरोपबाट नेपालमा दोब्बर पर्यटक नेपाल आउने राजदुत खनालको भनाई छ ।

जर्मनीसंग नेपालको ६० बर्षे द्धिपक्षीय सम्बन्ध चलिरहंदा ब्यापारमा जर्मनी चौथो नम्बरमा रहेको समेत जर्मनीको लागि नेपाली राजदुत रमेशप्रसाद खनालले बताए ।

जमर्नीले नेपाललाई ब्यापार र लगानीमा प्राथमीकतामा राखेको र नेपाललाई सकरात्मक रुपमा सहयोग रहेको राजदुत खनालले बताए । जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनालसग बर्लिन जर्मनी स्थित राजदुतावासमा गरीएकोे भिडियो कुराकानी