नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा दुई वर्ष अगाडि सुरु भएको अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’को तेस्रो संस्करण सन २०२० को फ्रेबुअरी महिनामा हुने भएको छ ।

फिल्म फेस्टिभललाई अझ विस्तृत र भव्यताकासाथ सम्पन्न गर्ने कुराको घोषणा बुधवार सम्पन्न पत्रकार सम्मेलनमा गरियो ।

सो एकेडेमी ले निफ २०२० घोषणा र फिल्म राइटिङ्ग वर्कशप गर्न लागेको कुरा को घोषणा बुधवार पत्रकार सम्मेलन मार्फत गरिएको छ भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सोही एकेडेमीले शुभकामना तथा बधाई ज्ञापन गरिएको छ ।

आयोजना संस्थाका उपाध्यक्ष विजयरत्न तुलाधरले स्वागत मन्तव्य राखेका थिए भने मन्तव्य राख्ने क्रममा उनले कलाकार संघको नयाँ कार्यसमिति प्रति थपिएको जिम्मेवारी पुरा गर्न कार्यसमिति सदैव सजग रहनु पर्ने बताए ।कलाकार संघका नव निर्वाचित अध्यक्ष रविन्द्र खड्काले आफ्नो कार्यकालमा कलाकारिता क्षेत्रलाई अझ सुदृढ पार्दै लाने प्रतिबद्धता व्यक्त गरेका थिए। ।

आयोजक संस्थाका अध्यक्ष केपी पाठकले आफु संधै चलचित्र क्षेत्रको उन्नतिबारेमा सोची रहने मान्छे हुँ भन्दै यही उद्देश्य पुरा गर्न आफू तत्पर रहेको बताए । उनले फिल्म राइटिङ्ग वर्कशप अगष्ट १३ देखग २१ सम्म मकवानपुरको नेवार वस्ती भित्र हुने जानकारी पनि दिए । यसमा सहभागी हुन १०हजार शुल्क तोकिएको छ ।

निफ फिल्म फेस्टिभलमा नेपाली फिल्म तर्फ बेस्ट फिल्मलाई एक लाख नगद राशी पुरस्कार दिनुका साथै डाइरेक्टर, राईटर, क्यामेरा पर्सन, एक्टर र एक्ट्रेसललाई ट्रफी सहित पुरस्कार प्रदान गरिने कार्यक्रम छ। ।

त्यस्तै गरी बेष्ट डकुमेन्ट्री एउटालाई एक हजार डलर सहित माउन्ट एभरेष्ट अवार्ड र बेस्ट एनिमेटेड फिल्मलाई ७५० डलर सहित मन्जुश्री दिने कुरा पत्रकार सम्मेलनमाा जानकारी गराइएको थियो ।

यस्तै गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट फिल्म लाई १५०० डलर सहित गौतम बुद्ध अवार्ड, शर्ट फिल्मलाई ५००डलर को बागमती अवार्ड प्रदान गरिने कुराको जानकारी पत्रकार सम्मेलनमा गराएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.