सुन्दरताको क्षेत्रमा महिलाहरुलाई बढी प्राथमीकता दिने गरीन्छ र सुन्दरताका कार्यक्रमहरु पनि महिलाहरुकै लागि बढी र बिशेष हुने गर्छ । दिक्पाल कार्की एउटा यस्तो नाम हो जो पुरुषहरुको सुन्दरताको चर्चा गर्दा उनको नाम अग्रपंक्तिमा आउनेगर्छ ।

नेपालभर हुने हरेक फेसन ईभेन्टमा डिमान्डेड पुरुष मोडल हुन दिक्पाल कार्की । दिक्पाल कार्कीको शारीरीक बनौटकै कारण सबैको नजरमा पर्नेगर्छन ।

बिदेशमा हुने फेसन ईभेन्टमा सर्वाधिक सहभागि हुने मोडल दिक्पाल आगामी जुन ३० मा थाईल्यान्डमा हुने फेसन उत्सवमा पनि नेपालको तर्फबाट सहभागिता जनाउंदैछन् । मोडल दिक्पाल कोरीयोग्राफी पनि गर्छन भने बिभिन्न प्रतियोगितामा निर्णायकको भुमिकामा समेत रहने गर्छन ।

चलचित्रमा समेत अभिनय गरेका दिक्पाल कार्कीले दर्जनौं म्युजीक भिडियो समेत गरेका छन् । मोडल दिक्पालको चर्चा दिनदिन चुलीदो छ ।