होटल अन्नपूर्णमा आयोजना गरिएको भव्य कार्यक्रममा नायिका सुहाना थापाले जन्मदिनको २१ औं जन्मदिनको केक काटिन् । नायिका सुहाना थापाको २१ औं जन्मदिनको अवसर पारेर चलचित्र ‘ए मेरो हजुर ३’को सफलता पार्टी आयोजना गरीयो ।

चलचित्र निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक भूवन केसी, निर्माता माधव वाग्ले लगायत  पार्टीमा उपस्थित थिए ।

नायिका थापाको जन्मदिनमा चलचित्रका मुख्य नायक अनमोल केसी, कलाकार सलोन बस्नेत लगायत उपस्थित थिए ।

नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ३’को टिमसँग जोडिन पाएकोमा आफू अत्यन्तै खुशी भएको बताए । चलचित्रकी निर्देशक झरना थापाले पनि चलचित्रप्रति दर्शकले दिएको मायाका लागि धन्यवाद दिइन् । सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र २६ औं दिनमा हलमा चलिरहेको छ ।