अभिनेत्री रेखा थापाले क्रिकेट टिम किनेकी छन्।

आउँदो वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने एनसिएल महिला टी २० प्रतियोगिताका लागि अभिनेत्री रेखा थापाले  काठमाडौँ सुपर च्याम्पियन्स टिम किनेकी हुन्।

नायिका थापाले अब महिला खेलकुदका क्षेत्रमा पनि योगदान पुर्‍याउने उद्देश्यले क्रिकेटको मार्ग रोज्दै टिम खरिद गरेको बताएकी छन्।

आयोजकले नै रेखासमक्ष योगदानका लागि प्रस्ताव राखेको थियो। सोमबार कार्यक्रममा टी २० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र खेलाडीसमेत घोषणा गरिएको छ।

प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउनका लागि हुने अक्सनको मिति चाँडै घोषणा गर्ने आयोजकले जानकारी दिएको छ।

नेपालमा हुन लागेको यो पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग ‘एनसीएल वुमन्स टी २०  क्रिकेट लिग’को विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।