मंसीर महिनालाई विवाह मौसमकै रुपमा लिने गरीन्छ । समय समयमा रंग क्षेत्रमा रहेका सेलीब्रेटीहरुको विवाह अफेयर डेट बारे चर्चा चलिरहेका हुन्छन । यस बर्ष नेपाली चलचित्र क्षेत्रमा रहेका चर्चित दुई नायिका शर्माको विवाह लगन जुरेको छ ।

नेपाली चलचित्र क्षेत्रमा अब्बल अभिनय गर्ने नायिकाको छबी बनाएकी नायिका ऋचा शर्मा र नायिका आंचल शर्माको अन्तत विवाह हुने पक्का भएको हो । नायिका ऋचा शर्माका बारेमा पनि रजतपटमा अफेयरका हल्ला लामो समय चलिरह्यो बिभिन्न ब्यक्तिसंग नाम जोडेर तर उनले एक जनासंगको अफेयर र ब्रेकअपलाई भने स्विकार गर्ने गर्थीन ।

हाल उनि विवाह बन्धनमा बांधिदैछिन् ,जुन समाचार उनि आफैले सार्वजनिक गरेकी हुन ,जस्का लागि उनले पोखरा पुगेर केही हितैषी साथीहरुबीच ब्याचलर पार्टी समेत मनाईसकेकी छन्  । जीन्दगीको अविवाहीत पलको अन्तिम क्षणमा दिने पार्टीलाई ब्याचलर पार्टी भन्ने गरीन्छ जसको नेपालमा शुरुवात सम्भवत नायिका ऋचाले गरीन । उनको विवाहको मिति भने सार्वजनिक भएको छैन ।

यस्तै नायक पल शाह संग नजिकिएकी र संगसंगै अभिनय समेत गरेकी नायिका आंचल शर्माले पनि डक्टर उदिप श्रेष्ठसंग आफ्नो विवाह पक्का भएको बताएकी छिन । बिगत १ बर्षदेखि डक्टर उदिपसंग अफेयरमा रहेको कुरा नायिका आंचल आफैले सार्वजनिक गरेकी हुन भने केटाको परिवारवाट विवाह गर्न हत्तारो गरेपछि छिटो विवाह हुन लागेको उनले बताएकी छिन , भने उनको विवाह आगामी फागुन महिनामा हुने बताईएको छ । नायिका द्धय शर्मालाई बधाई

Leave comment

Your email address will not be published. Required fields are marked with *.