नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोस्टर  सार्वजनिक गरिएको छ ।  फिल्म का निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।

अभिनेत्री नम्रता श्रेष्ठले शुक्रबार राजधानीमा एक कार्यक्रममा बीच आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जाइरा’ को टिमसँग जन्मदिन सेलिब्रेट गरिन् । फिल्ममा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । जाइरा’ मा उनको होम प्रोडक्सन कम्पनीले पनि सहकार्य गरेको छ ।

लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन्

हरेक फिल्ममा अभिनयमा विविधता पस्किरहेकी नम्रता पहिलो पटक ‘जाइरा’ मा एक्सन अवतारमा प्रस्तुत हुन लागेकी हुन् । फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ ।