कलाकार ध्रुव न्यौपाने पायल नामक चलचित्रको छांयाकनमा ब्यस्त छन् । लामो समयको दुरीपछि चलचित्र अभिनयमा फर्कीएका ध्रुव न्यौपानेले पायल चलचित्रमा पुलीस अफिसरको भुमिका निर्वाह गर्दैछन् ।

निर्देशक दिनेश लिडदेनसंग शुरुवातका दिनदेखि सहकार्य गरेकोले पायलमा अभिनय गरेको उनले बताए । हाल काठमांडौका बिभिन्न स्थानमा पायलको छांयाकन भैरहेको छ ।

फाल्गुनन्द लिङ्देल फिल्म प्रालि ले निर्माण गर्न लागेको चलचित्र  ‘पायल’ लाई दीनेश लिङ्देलले निर्देशन गर्दैछन् ।

ध्रुवले प्लान, को हूं म, सन्त्रास, क्रइम, क्रइम–२, जीवन मृत्यु लगायतका चलचित्रमा अभिनेता भएर काम गरी सकेका छन् भने हिरो रीटन्र्स नामक चलचित्र उनकै व्यानरमा बनेको हो ।  ध्रुवले करिब ३ दर्जन जति म्यूजिक भिडियोमा  अभिनय गरीसकेका छन् ।

ध्रुव न्यौपाने सगँ अपोजिट रोलमा रीया श्रेष्ठ देखिदै छीन् । यसका अलवा ‘पायल’ मा राजकुमार लिङ्देल, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुव्बा, हस्त लिवाङ, दीलीप ठकुरी, आरपी दाहाल आदी कलाकार रहने छन् ।