बिगत एकदशक अघि देखि बिदेशमा रहेका गायक तथा संगितकार नवराज घिमिरे नेपाली गित संगितमा निरन्तर लागि रहेका छन् ।
भर्खरै नवराज घिमिरेले नेपालमा रहेको दाईजो प्रथालाई मध्यनजर गरी दाईजो बोलको गित सार्वजनिक गरेका छन् । युरोपको स्विजरल्याण्डमा रहेका गायक घिमिरेका सांगितिक सृजनाहरु आईरहेका छन् ।

दाईजो बोलको गितमा नवराज आफैले शब्द संगित र स्वर भरेका छन् भने गायिका रिता केसी साथ दीएकी छन् ।

गितको भिडियोलाई निश्छल केसी ले निर्देशन गरेका हुन भने रमा थपलीया केशव सापकोटा शिशिर श्रेष्ठ नग्मा श्रेष्ठको अभिनय रहेको छ । कर्म गर्न बिदेशमै रहेपनि नेपाली गितसंगितलाई निरन्तरता दिईरहने गायक तथा सर्जक घिमिरे बताउंछन् ।