पत्रकार गीता अधिकारी यसपालीको तीज गीत  छम छम नाच्न भन्दै आउने भएकी छन् । गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचौं संगी हो’को भिडियो छायाँकन गरिएको छ । योगेश काजीको संगीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकन गरिएको हो ।

नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छाया“कन गरेका छन् । गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।

‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत श्रोतारदर्शकमाझ पस्केका थियौं, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौं भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् ।

‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौ कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नी’ नायिका पुजनाले भनिन् । ‘गत वर्षभन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौं’ भन्दै गायिका सारिका घिमिरेले यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन् ।

ड्रेस शिव कैलास कला मन्दिर, मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दै छ ।