एकाएक बिहीबारराति लता  मंगेशकरको निधनको खबर भाइरल बन्यो । यो सबैका लागि आश्चर्यको कुरा थियो । तर यो समाचार केही मिनेटमा नै झुठो सावित भयो । तर यो अफवाहले धेरैलाई दुःखी बनायो ।

मुम्बईको ब्रिज केन्डी अस्पतालमा उपचारका लागि भर्ना भएकी छन्, लता मंगेशकर । उनको परिवार र अस्पतालले समेत स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको बताउँदै आएको छ ।

यो समाचारले उनको परिवारले समेत हैरानी खेप्नुपर्यो र तत्काल लता मंगेशकरको स्वास्थ्य सुधार हुँदै गएको र छिट्टै घर लैजान पाइने आशासहितको ट्विट ग¥यो । कसैले कुनै कुरा सोचेर भन्दा पनि भावनामा बगेर व्यक्त गर्छन् र अरुले त्यसैलाई फलो गरिदिन्छन् ।

लता मंगेशकरसम्बन्धि खबरमा पनि त्यही भयो । १३ नोभेम्बरमा कुनै व्यक्तिले ट्विटरमा ‘आरआईपी लता जी।।।हामी सधैं सम्झिरहने छौं’ लेखे ।

त्यसपछि सत्यतर्फ नलागी मानिसहरु ल्यसलाई रिट्विट गर्न थाले र केही मिनेटमा नै झुठो खबर भाइरल बन्यो ।

जब उनको परिवारले लता मंगेशकरको स्वास्थ्य ठीक रहेको जानकारी दिएपछि धमाधम ट्विट हटाउन थाले । मंगेशकर स्वास लिन समस्या हुनुका साथै छातीमा पानी जमेका कारण उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । हाल उनको स्वास्थ्यमा सुधार भैरहेको बताईएको छ

Leave comment

Your email address will not be published. Required fields are marked with *.