‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन र अन्तर्राष्ट्रिय जगत्मा यहाँका नयाँ पर्यटकीय गन्तव्य चिनाउने उद्देश्यसाथ डोमेस्टिक टुरिजम मार्ट सुरु भएको छ । शुक्रबारदेखि काठमाडांैको भृकुटीमण्डपमा सुरु भएको डोमेस्टिक टुरिजम मार्टको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराइले गरेका हुन । नेपाल पर्यटन बोर्डलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाको सहकार्यमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको दुई दिने सो मार्ट शनिबार साँझ समापन हुनेछ ।

मार्ट उद्घाटनको क्रममा पूर्व प्रधानमन्त्री भट्टराइले मुलुकको अर्थतन्त्रको मुख्य आधार पर्यटन नै भएकाले पर्यटन विस्तारकालागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले विकास र समृद्धिको काम निजी क्षेत्र र सरकारको सहकार्यबिना सम्भव नहुने भएकाले निजी क्षेत्रलाई स्वंयम जागरुक हुन आग्रह गरे । विकासले पर्यटन र पर्यटनले विकास ल्याउने भएकाले अब मुलुकको पर्यटन विकासकालागि निजी क्षेत्रले सँधै सरकारलाई घचघचाउनुपर्ने बेला आएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निजी क्षेत्रको प्रयासमा पहिलोपटक आयोजना भएको यस मेला मुलुकको आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धनकालागि निकै प्रभावकारी एवं प्रसंसनीय भएको बताए । उनले निजी क्षेत्रले सुरु गरेको यस्ता काममा आफुले सक्दो सहयोग गर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको बताए। उनले पर्यटन क्षेत्रलाई व्यापारको रुपमा नभई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले निजी क्षेत्रको प्रयासमा पहिलोपटक सुरु भएको यो मेला मुलुकको पर्यटन प्रवद्र्धनका लागि निकै उपलब्धिमूलक र प्रभावकारी हुने अपेक्षा गरिएको बताए । उनले यस मार्टले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को लक्ष्य प्राप्तिमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । यो मेला आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनको संवाहकका रूपमा सावित हुने भन्दै उनले यो मेलामा सबैको साथ हुनुपर्ने धारणा राखे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पनि यो मार्ट मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनको एउटा महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको बताए । उनले नेपालको पर्यटनमा थप जागरण ल्याउन यो मेला निकै उपलब्धिमूलक हुने बताएका थिए ।
गन्तव्य ग्रुपका अध्यक्ष शिव अधिकारीले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन र अन्तर्राष्ट्रिय जगत्मा यहाँका नयाँ पर्यटकीय गन्तव्य चिनाउने उद्देश्यसाथ यस्तो मेला आयोजना गरिएको बताए । मेलामा मुलुकभरका सातवटै प्रदेशबाट कुल १११ वटा व्यावसायिक र खानाका परिकारसहितका स्टल राखिएका छन । उनले यस मेला अवधिभर करिब दुई लाखले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
उनले मुलुकभरका ७७ वटै जिल्लाबाट १११ वटा व्यावसायिक तथा फुड स्टलहरु राखिएको जानकारी दिए । उनले यस मेलामा सहभागी भएका स्टलमा पर्यटन सेवा प्रदायक टे«किङ, ट्राभल, एयरलाइन्स, काठमाडौं तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामग्री, जिप फ्लायर, प्याराग्लाइडिङ, टुरिजम शैक्षिक कलेज, नयाँ पर्यटकीय गतिविधि, केबलकार, सूचना प्रविधि, सातवटै प्रदेशको विभिन्न स्वादका परिकारयुक्त फुड स्टलको प्रतिनिधित्व रहेको जानकारी दिए ।

मार्टकै अवसमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले विभिन्न क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । ‘पहिला देश अनि विदेश’ भन्ने मूल नारासाथ आयोजना गरिएको मार्टको प्रमुख प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ भने सहआयोजकका रूपमा रेडन कलेज, सामाखुसी तथा कम्युनिकेसन पार्टनरमा नेपाल टेलिकम रहेको छ । यसैगरी, मुख्य प्रायोजकमा हाइवे स्टार टुर्स तथा अर्गनाइजिङ पार्टनरका रूपमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) एवं छाया सेन्टर ठमेल रहेको छ ।