गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते आयोजना गर्न लागेको डोमेस्टिक टुरिजम मार्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले डिटिएम सफलता उन्मुख रहेकोले आ–आफ्नो ठाँउबाट सहयोग गर्न आह्वान गरे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष नवराज दाहालले डिटीएम नेपालको आन्तरीक पर्यटन प्रवद्र्धनको एउटा महत्वपुर्ण माध्यम बन्ने बिश्वास व्यक्त गरे ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा डिटीएमका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र देश चिनाउने मुख्य उदेश्यका साथ एकै ठाँउबाट देशको सान झल्काउने हिसाबले डिटिएम आयोजना गरिएको वताए ।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल

एजेण्ट्स ९नाट्टा०का पूर्व अध्यक्ष डिबी लिम्बु, गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालका पूर्व अध्यक्ष कमल सापकोटा, टानको पूर्व कोषाध्यक्ष गोपालबाबु श्रेष्ठ लगायतले डिटीएमको आवश्यक्ता औल्याउँदै यसलाई नमुना पर्यटकीय गतिबिधीका रुपमा अगाडि बढाउनु पर्ने वताए । डिटिएमका संयोजक माधबप्रकाश सुबेदीले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको भन्दै सरकारसँग हातेमालो गर्दै मेला सफल बनाउने वताए ।