नेपाल पर्यटन बोर्डले भ्रमण बर्ष २०२० मनाउने तयारी गरीरहेको छ । जस्को लागि सरकारले १ सय वटा नयन गन्तब्य पनि तय गरेको छ । तर भ्रमण बर्षको तयारी पुगेको छैन भनेर टिप्पणी भैरहेको समयमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकरज जोशी भने रुप परीवर्तन गरीएको बताउंछन ।

दिपकराज जोशी भन्छन् , हैन ब्यापक हिसाबले बाहिर स्रोत बजारमा प्रबर्दन भैरहेको छ ईन्डीया चाईना मा कन्जुमर फोकस देखि ट्रेड फोकस प्रमोशन गरीरहेका छौ , दश बाह् वटा ट्राभल टे«ड फेयर भैसक्यो ।

अहिले टिसर्ट लगाएर झांकी निकालेर होर्डीङ बोर्ड नराखेकोले त्यस्तो उत्सवमय वातावरण भएन भन्ने केहीलाई लागेका होला ,तर ती सब फजुल खर्च हुन यसपटक हामीले भ्रमण बर्षको रुप परिवर्तन गरेका हौं ।

जस्तोकी यसपटक एकजनालाई परिचालीत गरेर रारा ताप्लेजुङ लगाएतका तस्वीरहरु सामाजीक संञ्जालमा पोष्ट गर्दा प्रभावकारी हुनसक्छ ,त्यसैले यसपटक अलिकति रुप परिवर्तन भएको हो । उनै दिपकराज जोशीसंग गरीएको भीडीयो कुराकानी

Leave comment

Your email address will not be published. Required fields are marked with *.