गुरुङ पर्यटन व्यवसायी संघ नेपाल जीटीनको सातौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै जीटीनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले जीटीन कुनै राजनीतिक गर्ने थलो बन्न नहुने  बताउनुभयो ।

‘जीटिन भित्रका सदस्यको आस्था कुनै पार्टीप्रति हुनसक्छ तर जीटीनभित्र सबैको आस्था जीटीनका सदस्यप्रति र जीटीनको उद्देश्यप्रति एकतृत हुनुपर्दछ ’ उहाँले भन्नुभयो । आफ्नो कार्यकालपछि नेतृत्व सम्हाल्नु भएका अध्यक्ष कमला गुरुङको कार्यशैली प्रति खुलेर प्रसंसा गर्नुभयो ।

दोस्रो अधिवेशनबाट सर्बसम्मत चयन हुनुभएका अम्बिर गुरुङ नेतृत्वको कार्य समितिलाई बधाई तथा शुभकामना दिनुहुँदै संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले आज जस्तै भोलीका दिनमा पनि जीटीन नेतृत्व सबैं सफल र सक्षम बन्नुपर्नेमा जोड दिनुुभयो । कुलबहादुर गुरुङ नेपाल पर्वतारोहण संघका महासचिव समेत हुनुहुन्छ  ।

अधिवेशनले अम्बिर गुरुङको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.