सुनारबहादुर गुरुङलाई ‘डा हर्क गुरुङ अवार्ड २०७६’

दक्षिण एसियाकै पहिलो पर्वतीय पथप्रदर्शक सुनारबहादुर गुरुङ डा हर्क गुरुङ अवार्ड २०७६ बाट सम्मानित हुनुभएको छ । जीटीनले शनिबार आफ्नो सातौं वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको अवसरमा भूगोलविद् एवं पर्यटन विज्ञ स्वर्गीय डां हर्क गुरुङको नाममा स्थापना गरेको अवार्डबाट सुनारबहादुरलाई सम्मानित गरेको हो ।

जीटीन मिडिया अवार्ड लाला र शारदालाई

गुरुङ पर्यटन ब्यवसायीसंघको सातौं साधारण सभा तथा दोश्रो अधिवेसनको अवसरमा दुई जनालाई मिडिया अवार्ड प्रदान गरीएको छ । समग्र पर्यटन क्षेत्र साथै गुरुङ पर्यटन क्षेत्रको बारेमा रिपोर्टीङ गरेर पर्यटन क्षेत्रमा संञ्चार माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकार लाला गुरुङ र शारदा थापालाई नगद सहित जीटीन मिडिया अवार्ड २०७६ प्रदान गरीएको हो ।

संस्थापक कुल गुरुङलाई विशेष सम्मान

यस्तै, जीटीनले संस्थापक अध्यक्ष कुलबहादुर गुरुङलाई विशेष सम्मान २०७६ बाट सम्मानित गरेको छ । संस्था स्थापनादेखि जीटीनलाई नेपाली पर्यटन क्षेत्रको महत्वपूर्ण साझेदार संस्थाको रुपमा स्थापित गराउन उहाँले खेल्नु भएको भूमिकाको कदर गर्दै संस्थापक अध्यक्ष कुलबहादुर गुरुङलाई विशेष सम्मानबाट सम्मानित गरिएको जीटीनले जनाएको छ ।

सगरमाथा आरोही र पर्वतीय पथ प्रदर्शक सम्मानित

जीटीनले सन् २०१८ र २०१९ मा विश्वको सर्वोच्च शिदर सगरमाथाको सफल आरोहण गर्ने गुरुङ समुदायका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । यस्तै गुरुङ समुदायबाट अन्तर्राष्ट्रिय पथप्रदर्शकको विज्ञता हासिल गर्नुभएका पथप्रदर्शकलाई पनि जीटीनले सम्मानित गरेको छ ।

सम्मानतित हुनेमा अन्तर्राष्ट्रिय पथप्रदर्शकको विज्ञता हासिल गर्नुभएका सुनारबहादुर गुरुङ, तुलसिं गुरुङ, मुलाल गुरुङ, सुमन गुरुङ, प्रेमबहादुर गुरुङ, अनुप गुरुङ र पदम गुरुङ रहनुभएको छ ।

यसैगरी सगरमाथाको सफल आरोहण गर्नुभएका बीसबहादुर गुरुङ, आशिष गुरुङ, अनुप गुरुङ, बीरबहादुर गुरुङ, विष्णु गुरुङ, छिमि लेन्दुक गुरुङ, ईमान गुरुङ, कर्माटासी गुरुङ, प्रकाश गुरुङ, पुबहादुर गुरुङ, रमेश गुरुङ र सुमन गुरुङ सम्मानित हुनुभएको छ । अधिवेशन तथा साधारणसभाको अवसरमा सन् २०१८÷०१९ मा सगरमाथाको सफल आरोहण गर्नुभएका आरोहीहरुलाई जीटीनले सम्मान गरेको हो ।

विभिन्न संघसंस्थामा निर्वाचिन हुने व्यक्तित्व सम्मानित

जीटीनले पछिल्लो दुई वर्षको अवधिमा आफ्नो समुदायबाट विभिन्न पर्यटकीय संघ संस्थामा निर्वाचित वा मनोनित भएका व्यक्तित्वहरुलाई पनि सम्मानित गरेको छ । जीटीनको पहलमा नेपाली पर्यटन क्षेत्रको नेतृत्वदायी संघ संस्थाहरुमा गुरुङ समुदायका व्यक्तित्वहरु पुग्न सफल भएकाले जीटीनले सम्मान गरेको हो ।

यसरी संघ संस्थाको महत्वपूर्ण पदहरुमा ईतिहास रच्दै पुग्न सफल व्यक्तित्वहरुमा नेपाल पर्वतारोहण संघ एनएमएका महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा टीकाराम गुरुङ र सदस्यमा तुलसिं गुरुङ निर्वाचित हुनुभएको छ भने टेकिङ एजेन्सिज एसोशिएन अफ नेपाल ९टान० मा बाबुराम गुरुङ र चन्द्र गुरुङ सदस्य बन्नुभएको छ ।

यस्तै ठमेल पर्यटन विकास परिषद्को वरिष्ठ उपाध्यक्षमा गीता गुरुङ तथा नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्सी नाठ्ठा मा देवकी गुरुङ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । यसैगरी गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षमा तेजबहादुर गुरुङ नेतृत्वमा पुग्नु भएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.