२४ असोजमा रिलिजको घोषणासँगै चलचित्र ‘छ मायाँ छपक्कै’को पहिलो गीत जुनको जुनेली‘को भिडियो युट्युवबाट रिलिज गरिएको छ ।  गीतलाई दर्शकले निकै मन पराएका छन् ।

सालको पात टपरी हुने‘का गायक संगीतकार बसन्त थापाले यो गीतमा सँगीत गरेको हुन् । शब्द राजेन्द्र थापाको हो । गीतलाई बसन्त र मिना निरौलाले गाएका छन् ।

दीपेन्द्र लामा निर्देिशत छ माया छपक्कैको यो  गीतमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट छन् । जसमा जितु र सुपुष्पाको प्रेम, बुद्धि तामाङ र रजनी गुरुङको प्रेमसम्बन्ध पनि देखाईएको छ ।

सिन्धुलीको सितलपाटी क्षेत्रमा रोपाईको भव्य दृष्यसँगै त्यहाँका सुन्दरता र संस्कृतिलाई यो गीति दृष्यमा समेटिएको छ ।
आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईबीच सहकार्य भएर निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी, कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् ।

निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा, दीपकसँगै केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको सम्बाद यसमा छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीपाश्री निरौलाको सल्लाहकार निर्देशन छ । जसमा हरि हुमागाईंको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.