छा“या सेन्टरमा बैशाख १ बाट मार्कोपोलो रेष्टुरेन्ट खुल्यो ।

ठमेलस्थित छांया सेन्टरमा नया“ बर्षको अवसर पारी बैशाख १ गतेबाट मार्कोपोलो रेष्टुरेन्ट संचालनमा आएको छ । झन्डै ३ दशक अघि सन १९८७ तिर ईटलीयन नागरीक रुबीलो बाटीष्टाद्धारा संञ्चालीत मौलीक ईटालीयन खाना पाईने स्थानको रुपमा मार्कोपोलो रेष्टुरेन्टले चर्चा कमाएको थियो ।

उनै रबीयालो सन् १९७४ देखि नेपाल आए र ८० पटक भन्दा बढी नेपाल आएका उनले ८० को दशकमा नेपाल आउने बिदेशी पर्यटकको लागि मौलीक ईटालीएन खानाको सेवा दिएर चर्चा कमाएका थिए ।

उनै रुबीलो बटीस्टाले संचालन गरेर बन्द र हाल उनी ईटलीयन अस्पतालमा स्वासथ्य लाभ गरीरहेको र उनकै सम्मानमा मार्कोपोलो रेष्टुरेन्ट ंसंचालनमा ल्याएको रेष्टुरेन्टका संचालक तथा पर्यटन ब्यवसायी सुमन पाण्डेले जानकारी गराए । सो रेष्टुरेन्ट ३ करोडको लगानीमा संचालनमा ल्याईएको हो ।

मार्कोपोलो रेष्टुरेन्टमा स्वदेशी तथा बिदेशी खानाहरु पाईन्छ । रेष्टुरेन्टमा ईटलीयन खानाको मौलीकतालाई दृष्टिगत गरी फायर उड पिज्जा उपलब्ध गराउने बताईएको छ ।

अनुभवको युगमा साझेदारी युवापुस्तासंग भन्ने भावनामा अन्तरनिहित रहेर ३० बर्षको पर्यटन क्षेत्रको अनुभवले युवालाई रोजगारको लागि दक्ष बनाउने उदेश्य रहेको पर्यटन ब्यवसायी तथा रेष्टुरेन्ट संञ्चालक सुमन पाण्डेले बताए ।