नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को प्रदर्शन मिति पछि धकेलिएको छ । जेठ १० गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब साउनको २४ गतेबाट रिलिज हुने भएको छ ।

डबिङ, कलरिङ, मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सारिएको निर्देशक रमेश थापाले जानकारी दिएका छन् ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र ‘साइनो’मा नायिका नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदिप श्रेष्ठ, श्याम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र ‘साइनो’मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।