गायिका निर्मला घिसिङले सेलो आधारित नयाँ गीत ‘कहाँ होला च्याङ्बाको दरबन्दी  म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छन् ।

सुसन लामाको शब्द तथा संगीत रहेको गीतमा एक अविवाहित तामाङ युवतीको छटपटी समेटिएको छ । आस्याङको छोरा मामाचेला ले सगुन लिएर माग्न आउने दिन पर्खिरहेकी मैच्याङले आफ्ना संगिनीहरूसित मनोभाव साट्दै नाच्दाको क्षणलाई अजय स्याङ्तानले म्युजिक भिडियोमा कैद गरेका छन् ।

नेपाली भाषाकै गीत भए पनि आफूले तामाङ संस्कृतिलाई केन्द्रमा राखेर प्रेमकथा भन्न खोजेको गायिका घिसिङले बताइन् । एल्बम लोकार्पण गर्दै वरिष्ठ सेलो गायक तथा संगीतकार चन्द्रकुमार दोङले लामो समयदेखि निर्मलाको स्वरबाट आफू परिचित रहेको बताए । ‘यसपटक उनले अझ मौलिकतालाई ध्यान दिएकी छन्,’ उनले भने ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.