शारदा थापा

नायिका भन्दा पनि नाट्यकर्मीको रुपमा चर्चित अभीनेत्री सृजना सुब्बा अनामनगरको मण्डला थिएटरमा ढलपल गर्दै बिरालोको चालमा मुस्कुराउदै आईन । देख्ने बित्तिकै भनीन मैले धेरेैबेर कुराए है ,अस्पताल गएर आएको अलि ढिला भयो । तर उनि ढिला आएकोमा के चिन्ता बरु उनकै चिन्ता हामीलाई थाहा थियो किनकी उनको पेटमा ९ महिनाको बच्चा हुर्कीरहेको छ । आमा बन्न ६ दिन मात्रै बांकी हुदा सृजना सुब्बासंगको भेट थियो ।

केहि दिन अघि उनले आफु गर्भवती भएको फोटोसुट गरेकी थिईन जस्को चर्चा सेलाएकै छैन । नकरात्मक सकात्मक दुबै कमेन्ट आएको कुराबाट शुरुवात भयो । केही मानीसहरुको नामै लिएर भनिन मेरो फोटो शेयर गर्दै देश कता जांदेै छ भनेर क्याप्सन लेखेछन् , कतिले के के भनेछन् अलि अलि कता कता हामी अझै कुन समाज मा छौं जस्तो लाग्यो ।

मैले केही कसैको नराम्रो गरेको हैन हांस्दै भनिन म आफै गर्भवती मेरो कन्सेप्टमा खिचिएको फोटो र्हो विहे अघि देखिनै गर्भवती समयको फोटो ईन्टरनेटमा हेरीरहन्थे , आफ्नै ईच्छाले खिचेको फोटोमा नकरात्मक कमेन्ट देखे हेरे केही तनाव जस्तो लाग्यो तर कुरा नै काट्नेको के लाग्छ भने अनि राम्रा कमेन्टहरु हेरेर रमाए ।

दर्जन फिल्म तथा तिन दर्जन भन्दा बढी नाटकमा अभिनय तथा निर्देशन बिधामा उपस्थीति जनाईसकेकी नायिका सृजनाले गर्भाअवस्थामानै महाभोज नाटकमा गर्भवती भुमिकानै गरेकी थिईन ।

बिहे गरेपछि पनि अभिनय यात्रालाई निरन्तरता दिने प्रण गरेकी सृजनाले गर्भाअवस्थाका अनुभवहरु सुनाउदै जांदा भनिन यो समय भनेको एउटी नारीको लागि सुन्दर पल हो , बच्चा जन्माउदा उत्सव मनाउने तर त्यही पेटलाई नौ महिनासम्म किन लुकाएर राख्ने , आ आफ्नो ईच्छा ह’न्छ मलाई पछिसम्म सम्झनाको लागि पनि फोटो सुट गराउन मन थियो ,गरे । हाम्रो नेपालमा अझै पनि भित्रभित्रै दबाउनु पर्छ भन्ने चलन छ ।

गर्भाअवस्थामा त कति धेरै कुराहरु को अभाव हुन्छ आफ्ना मनका कुराहरु साटन मन लाग्छ तर मान्छेहरुले लौ त्यसले त पेट पो देखाई भन्नेहरु मात्रै हुन्छन ,सबै कुरालाई ब्लक गर्ने हो भने त संसारमा सृष्टि पनि हुदैन । अहिले मलाइ सपरिवारको साथ छ श्रीमानको साथ छ अब पेटमा बच्चा चल्दा आनन्द आउंछ , छोराछोरी जे भएपनि हामी खुशी हुन्छौ । नायिका सृजनाले भनिन म सुत्केरी भएको दुई महिना पछि प्रोजेक्टको लागि दिल्लीमा फिक्स भैसकेको छ अब हेरौ के हुन्छ । बांकी कुराकनी भीडीयोमा ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.