जेठ १७ गतेबाटआकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको चलचित्र ” कुम्भ कारण ” को प्रचार प्रसार यतिबेला शुरु भएको छ ।  सोमबारको दिन देखि आफ्नो प्रचार प्रसारको कार्यक्रममा चलचित्रको टिमका प्राय सम्पूर्ण उपस्तिथी थिए ,

आउदो जेठ १७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको कथामा नै मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रहेको हुनाले चलचित्रको टिमले चलचित्र प्रचार प्रसार पनि कलेजबाटै शुरु गरेको हो । यस कार्यक्रममा चलचित्रको कलाकारमा नायक गौरब पहरी,भोलाराज सापकोटा ,वितरक करण श्रेष्ठ र निर्देशक दिपक ओली उपस्थित थिए ।

सस्पेन्स कमेडी अनि प्रेम यी तिन कथामा आधारित यस चलचित्रलाई चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण गरेका छन । चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ ।

कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल अरुण  रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि समेत रहेका छन । यस चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ ।

चलचित्रलाइ दिपक ओलीको निर्देशन गरेको हो । केहि दिन अघि मात्र चलचित्रको पोस्टर अनि ट्रेलर सार्वजनिक भैसकेको छ भने ट्रेलरले राम्रै प्रतिक्रिया समेत पाएको टिमको भनाइ रहेको छ ।

चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ भने गोबिन्द मधुर आचार्यको संगीत , कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका कारण श्रेष्ठले वितरण गर्ने भएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.