नौ वर्ष लगाएर नयाँ अवतारमा अवतरण गरेकी शिवानी सिंह थारुको पहिलो उपन्यास ’काठमाडौंमा एक दिन’ मंगलबार गरियो ।

सार्वजनिक कार्यक्रममा शिवानीसँग आख्यानकार अमर न्यौपानेले संवाद गरे । संवादमा न्यौपानेले शिवानीलाई उपन्यासको प्लट, सेटिङ, पात्र र भाषाबारे प्रश्नहरू सोधे । ती प्रश्नको जवाफमा शिवानीले आफ्ना तर्क राखिन् ।

‘मैले अङ्ग्रेजीमा लेखिरहेको र पढिरहेकोले नेपालीमा लेख्न गाह्रो भयो’ शिवानीले भाषाबारे भनिन्– ‘बीचमा त मैले उपन्यास नै अङ्ग्रेजीमा लेखौँ कि भन्ने पनि सोचेँ ।’

अमरले उपन्यासमा नयाँ विम्ब भएको भन्दै उपन्यासको प्रशंसा गरे । कार्यक्रममा अमरले शिवानीलाई र्यापिड फायर राउन्डमा केही प्रश्न सोधे । शिवानीले ती प्रश्नको रमाइलो जवाफ दिइन् ।

अमर र शिवानीको संवाद सकिएपछि पुस्तक लोकार्पण गरियो । शिवानी स्वयंले पुस्तकको लोकार्पण गरेकी हुन् ।

फाइन प्रिन्टले प्रकाशन गरेको उपन्यासको मूल्य ४५८ रूपैयाँ राखिएको छ ।