वलीउड अभिनेत्री करीष्मा कपुर ज्वेलरी शपको उद्घाटन गर्न नेपालमा एक दिनको लागि आएर फर्कीएकी छन् ।

उनलाई भारु १६ लाख नेपाली रुपैया २६ पारिश्रमीक दिएर ल्याईएको बताईएको छ ।

कार्यक्रममा बलीउड अभिनेत्री करिश्माले पन्ध्र बर्ष अघि नेपाल आएको सम्झदै नेपालको माया लाग्ने बताईन ।

नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा बिस्तार  गरेको छ ।

नयाँ शाखा उद्घाटनको अवसर पारेर ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहना बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनालाई विश्व बजारमा लैजाने योजना रहेको बताइन् ।

मेरीगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शाखासँगै नयाँ सडकको शोरुमबाट पनि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।