एबीसी मिडिया ग्रुप प्राली  तथा मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कंडेलद्धारा लिखित ऐतिहासीक एकताका आधारहरु नामक पुस्तक बिमोचन गरीएको छ ।

नेकपाको एकताको ईतिहांस खोतलीएको  ऐतिहासीक एकताका आधारहरु पुस्तक कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा गरीएको बिशेष कार्यक्रममा बिमोचन गरएिको हो ।

राजधानीमा आयोजीत कार्यक्रममा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन ।

ऐतिहासीक एकताका आधारहरुसंगै केहि समय अगाडि सार्वजनिक भएको शुभशंकर कंडेलद्धारा लिखित अवतरणको अंग्रेजी भर्सन द सेफ ल्यान्डीङ पनि सार्वजनिक गरीएको छ ।

ऐतिहासीक एकताका आधारहरु र द सेफ ल्याण्डीङ पुस्तकलाई सेन्टर फर एशियन पोलीसी रिसर्च एण्ड स्टडीजले प्रकाशन गरेको हो ।