संचारकर्मी कुमार आचार्यको निर्देशन रहेनयाँ म्युजिक भिडियो एलओ भीई लब ओएस आर डिजिटल मार्फत  भएको छ ।सार्बजनिक गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेकोको यस भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन, बिष्णु खड््काको सम्पादन रबिको मेकअप रहेको छ ।

भिडियोमा बिकाश, श्रेया र पूजनको केमेष्टि निकै राम्रो देखिएको छ । गायक पौडेलको यो छठौँ भिडियो हो यस अघि पौडेल निकै मन छुने भिडियो बजारमा ल्याइसकेका छन् । गायक पौडेलको लब यु टुु को दोस्रो एल्बमको पहिलो सार्बजनिक गित हो ।

थुप्रै भिडियो निर्देशन गरेका संचारकर्मी आचार्यले यस भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको र दर्शकले पनि भिडियोलाई माया गर्ने बताएका छन् ।